साउन दोस्रो साताभित्र एमालेको संगठित सदस्यता प्रमाणिकरण



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले साउनको दोस्रो साताभित्र संगठित सदस्यको प्रमाणिकरण गरी जिल्ला पठाउने निर्णय गरेको छ । भर्खरै सम्पन्न संगठन बिभागको बैठकले सो निर्णय गरेको प्रमुख काशीनाथ अधिकारीले जानकारी दिनुभयो । ‘सदस्यहरूको नवीकरण कार्य केन्द्रीय कमिटीले तोकेको अन्तिम मिति असार मसान्तभित्रै सम्पन्न भइसकेको छ । सदस्यहरूको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउनेक्रम आरम्भ भइसकेको छ । साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइपुग्नेछ र दोस्रो हप्ताभित्र केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेर सम्बन्धित प्रदेशहरूमा पठाउने छ,’ प्रेस बक्तब्यमार्फत बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख अधिकारीले भन्नुभएको छ । एमाले संगठन बिभागले यसपटकको नविकरणको क्रममा नवौं महाधिवेशनको त्रुटी सच्याउने काम भएको ठहर पनि गरेको छ ।

‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसोगर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरणगर्ने अवसर पाउँथे । नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढङ्गले पनि सङ्ख्या बढ्नपुग्थ्यो । नेकपा(एमाले)को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएकोछ । महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ सङ्ख्या लिन खोजिएकोछ । योग्यतम् सदस्यहरूको मात्र नवीकरणगर्ने काम भएकोछ । दशौं महाधिवेशनका बेला रहेको त्रुटीलाई पनि सच्याउन खोजिएकोछ । त्यतिबेलाकायमभएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढङ्गले दिइएका सदस्यहरूको ठूलो सङ्ख्या पनि त्यसमा पर्नगएको थियो । तसर्थ, त्यो नेकपा (एमाले)को वास्तविक सदस्य सङ्ख्या थिएन । यो कुरा नवौं महाधिवेशनको आँकडाहेर्दा पनि स्पष्ट हुन्छ । २०७१ सालमा सम्पन्न भएको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए । तसर्थ नेकपा(एमाले)का सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,’ बिज्ञप्तीमा भनिएको छ ।

प्रेस वक्तव्य

नेकपा (एमाले) केन्द्रीय संगठन विभागको चौधौं बैठक २०८० साउन २ गते पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पन्न भयो । उपाध्यक्ष कमरेड विष्णु पौडेल र महासचिव कमरेड शंकर पोख्रेलबाट महत्वपूर्ण मार्गनिर्देशन भएको उक्त बैठकमा निवर्तमान विभाग प्रमुख कमरेड खगराज अधिकारीको पनि विशेष उपस्थिति रहेको थियो । सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको उक्त बैठकको अध्यक्षता विभाग प्रमुख काशीनाथ अधिकारीबाट भएको थियो ।

बैठकमा पार्टी सदस्यता नवीकरण तथा विस्तारमा भएको प्रगति, आगामी वर्षको वार्षिक कार्ययोजना, अन्य पार्टी र समूहबाट प्रवेश गर्नुभएका कमरेडहरूको जिम्मेवारी व्यवस्थापन र पार्टीका प्रदेश अधिवेशनहरू आयोजनाका सम्बन्धमा गरी चारवटा विषयमा छलफल भएको थियो ।

तत्कालको पार्टी कामको मुख्य विषय बनेको पार्टी सदस्यता नवीकरणका सन्दर्भमा उच्च महत्वका साथ बैठकमा रिर्पोटिङभयो । सदस्यहरूको नवीकरण कार्य केन्द्रीय कमिटीले तोकेको अन्तिम मिति असार मसान्तभित्रै सम्पन्न भइसकेको छ । सदस्यहरूको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउनेक्रम आरम्भ भइसकेको छ । साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइपुग्नेछ र दोस्रो हप्ताभित्र केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेर सम्बन्धित प्रदेशहरूमा पठाउनेछ ।

स्मरणीय छ, यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसोगर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरणगर्ने अवसर पाउँथे । नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचितढङ्गले पनि सङ्ख्या बढ्नपुग्थ्यो । नेकपा(एमाले)को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएकोछ । महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ सङ्ख्या लिन खोजिएकोछ । योग्यतम् सदस्यहरूको मात्र नवीकरणगर्ने काम भएकोछ । दशौं महाधिवेशनका बेला रहेको त्रुटीलाई पनि सच्याउन खोजिएकोछ ।

त्यतिबेला कायमभएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढङ्गले दिइएका सदस्यहरूको ठूलो सङ्ख्या पनि त्यसमा पर्नगएको थियो । तसर्थ, त्यो नेकपा (एमाले)को वास्तविक सदस्य सङ्ख्या थिएन । यो कुरा नवौं महाधिवेशनको आँकडाहेर्दा पनि स्पष्ट हुन्छ । २०७१ सालमा सम्पन्न भएको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए । तसर्थ नेकपा(एमाले)का सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन ।

सच्चा पार्टी सदस्यहरूको अभिलेख अद्यावधिकगर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् । पार्टीको मिसन एकाउन्न प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तिमा तीन प्रतिशत सदस्य पु¥याउने र पार्टीको एघारौं महाधिवेशनसम्ममा दश लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्यका प्रति पार्टी सङ्कल्पकासाथ लागिरहनेछ ।

 

काशीनाथ अधिकारी
प्रमुख

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...