मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री प्रचण्ड, क-कसको हुने भो जागीर चट्



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्न गृहकार्य सुरु गरेको समाचार प्राप्त भएको छ । संसदको चालू (वर्षे) अधिवेशन अन्त्य भएपछि पुनर्गठन गर्ने सोच प्रधानमन्त्रीले बनाउनुभएको भए पनि उहाँमाथि तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्न दबाब परेको बुझिएको छ । जनमत पार्टीको नेता सीके राउत असन्तुष्ट रहेकोले निजलाई अर्को एउटा मन्त्रालय थपिदिएर खुशी पार्ने निष्कर्षमा प्रचण्ड पुग्नुभएको बुझिएको छ । त्यस्तै माधव नेपाल पनि आफ्नो पार्टीको तर्फबाट मन्त्रिमण्डलमा प्रवश गर्ने सदस्यहरू बदल्ने पक्षमा रहनुभएको बताइन्छ । प्रेम आले र किसन श्रेष्ठलगायतले माधवलाई अत्यन्तै सताउन थालेकोले माधव यथाशीघ्र मन्त्री बदल्न तयार भएको सम्बद्ध सूत्रको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको आयु बढाउनका निम्ति मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाउनुभएको हो । तर जनार्दन शर्मा प्रभाकर, पम्फा भुसाल, शक्तिबहादुर बस्नेत र वर्षमान पुनलगायत एकथरी माओवादी नेताहरू यही पुनर्गठनको मौका पारेर नारायणकाजी श्रेष्ठलाई गृहबाट हटाइदिने योजनामा रहेको जानकारी प्राप्त भएको छ ।

माओवादी पार्टीमा नारायणकाजीको पल्ला भारी हुन थालेपछि हिंसात्मक पृष्ठभूमिबाट आएका माओवादी नेताहरूमा छटपटि शुरु भएको छ । त्यसैले यतिबेला जनार्दन शर्मा र वर्षमानले समेत एउटै बोली बोल्न थालेका छन् । उनीहरूले नारायणकाजीविरुद्ध मोर्चा बनाएर प्रचण्डमाथि दबाब पैदा गरिरहेका छन् । उनीहरू वर्षमानलाई गृहमन्त्री बनाउन लविङ गरिरहेका छन् । वर्षमान पुन मीनबहादुर गुरुङका खास मानिसका रूपमा चिनिन्छन् ।

यता, सीकेको माग पूरा गर्न प्रचण्ड तयार हुनुभएको भएपनि सुदन किराती र शक्ति बस्नेत मध्ये कसलाई हटाएर सीकेका मानिसलाई मनत्री बनाउने भन्ने निधो भइसकेको छैन । सीके राउत र उपेन्द्र यादवबीचको अस्वस्थ द्वन्द्व र प्रतिष्पर्धाले प्रचण्डको तनाव बढाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...