एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । गएराति  कम्बोडिया प्रस्थान गर्नु अघि अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीको सचिवालयका अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् । उनी आगामी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल र सुरक्षाकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...