एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । गएराति  कम्बोडिया प्रस्थान गर्नु अघि अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीको सचिवालयका अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् । उनी आगामी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल र सुरक्षाकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...