रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न देउवाद्वारा अस्वीकार



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । केन्द्रीय समितिको बैठकअघि सभापतिले प्रतिवेदन बुझ्न नमानेपछि केन्द्रीय कार्यालयमा बुझाउने भएका हुन् । सभापतिलाई रूपान्तरण अभियानको प्रतिवेदन बुझाउनका लागि आफूहरूले समय माग्दा नदिएको नेता गुरुराज घिमिरेले बताए । उनले भने, ‘हामीले उहाँलाई प्रतिवेदन बुझाउनको लागि आज समय माग गरेका थियौँ । तर उहाँले दिनुभएन। उहाँले समय नदिएपछि हामी अहिले पार्टी कार्यालयमा मुख्यसचिवमार्फत दर्ता गराउँदै छौँ ।

उनले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी रूपान्तरण अभियान चलाएका थिए । आज एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने उद्देश्यले आफूहरूले प्रतिवेदन बुझाउन लागेको बताए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएको थिए । उनीहरूले यथास्थितिमा चलिरहे पार्टीले आगामी कुनै पनि चुनौतीको सामना गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...