‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आग्रह



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमार्फत् उनले आफू ५ हजार फिटमाथिबाट उडिरहेको हेलिकप्टरबाट झरेको घटनालाई स्मरण गर्दै यस्तै आफ्नो जीवनका थुप्रै कुराहरू यही च्यानलमा राख्ने बताएका छन् । उनले भनेका छन्, ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छुजस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो ।

उनले मृत्युका मुखमा पुगेर बाँच्नु आफ्ना लागि अझ ठूलो सफलताको विषय बन्नेको घटनालाई स्मरण गरेका छन् । उनले भनेका छन्, ‘यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है । ओलीको युट्युव च्यानलमा अहिले ५ हजार २ सय सब्सक्राइबर छन् । हालसम्म ३० वटा भिडिओ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...