मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन : रघुजी पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले आफूहरुको कारणले मिटरब्याज सम्बन्धी विधेयक रोकेको भनेर सरकारले भ्रम छरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले आज विधेयक किन नल्याएको भन्दै प्रश्न गरे । उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘आज उपप्रधान तथा गृहमन्त्रीजी पनि देखिनुभएन । उहाँले बाहिर धर्ना बसेको ठाउँमा गएर एमालेले रोक्यो, जसले रोकेपनि यो विधेयकलाई म अगाडि बढाउँछु । भनेर भनेको विधेयक सत्तापक्षले एमालेले सदन अवरुद्ध गरेर मिटरब्याजी विरोध विधेयक चाहिँ रोक्यो भनेर आरोप लगाएर बाहिर भ्रम छर्ने प्रयास भयो । तर, आज हामीले हाउस रोकेको छैन । कहाँ गयो विधेयक ? उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...