राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जना छन् ।थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य थप्ने बारे कुरा भइरहेको बताए ।

समावेशीताको आधारमा केन्द्रीय सदस्य थप्दा रास्वपाका सांसद सहित अन्य व्यक्तिहरु पनि थपिने छ,’ ढकालले  भने, ‘क्रमशः केन्द्रीय सदस्यको संख्या बढाउँछौं । आगामी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप्ने एजेण्डा पनि लगिने भएको छ ।

केन्द्रीय समितिमा छलफलमा लानु अघि टुंगिनुपर्ने विषयहरुमा काम भइरहेको ढकालले जानकारी दिए । केन्द्रीय समिति बैठकमा पार्टीको दस्तावेज पनि प्रस्तुत गर्ने तयारी गरिएको छ । त्यसका लागि १७ जनाको टोलीले काम गरिरहेको छ । रास्वपाले मंसिरबाट पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ । केन्द्रीय समिति बैठक साउन बोलाउने तयारी गरिएपनि दिन भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...