एमालेले बोलायो असार ३० गते सचिवालय बैठक



हाम्रो इकोनोमि

 

 

पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।

यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन् । अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...