पार्टीका उपाध्यक्षहरूसँग छलफल गर्दै एमाले अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल थालेका छन्। पार्टी संगठन सुदृढीकरण र परिचालनका लागि छलफल थालेको उपाध्यक्षहरूले बताएका छन्। अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल थालेका हुन् । अध्यक्ष ओलीले बुधबार पनि उपाध्यक्षहरूसँग छलफल गरेका थिए । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीताको निधन भएका कारण विषयमा आधारित भएर छलफल गर्न पाइएन,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘आज पनि दिउँसो २ बजेपछि हामी बस्छौं । समसामयिक मुलुकको अवस्था, पार्टीको सांगठनिक जीवनबारे छलफल गर्छौं ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...