सूचना टाँसेर संसद बैठक स्थगित



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्रीको आग्रहमा आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमत्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलका नेता केपी शर्मा ओलीसँग शीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा सदन अवरोध खोल्न एमाले तयार भएको थियो ।

प्रधानमन्त्रीको वक्तव्यका लागि समय आवश्यक भएकाले सभामुखलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेर सूचना टाँस गरी बैठक स्थगित भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य फिर्ता लिन एमाले अध्यक्ष ओलीले भनेपछि प्रधानमन्त्रीले आज गर्ने भनिएको सम्बोधन रोकिएको हो । सो वक्तव्यमा एमालेमाथि लान्छाना लगाइएकाले फिर्ता लिनुपर्ने अडान छ । एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरु बैठक रोक्ने पक्षमा नरहेको भन्दै प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरेर रोक्न लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...