आरजूको भनिएको अडियो अभियुक्तको स्वरसँग मेल खाएको प्रहरीको दाबी



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसकी नेतृ एवम् सांसद डा.आरजू राणा देउवाको नाम लिएर सार्वजनिक भएको अडियो प्रतिवादी सन्देश शर्माको आवाज भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले सो अडियो शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङ तुल्सीपुरका सन्देश शर्माको आवाजसँग मेल खान गएको बताएको छ ।  आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै आरजूले गत वैशाख २ गते छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही निवेदनमाथि अनुसन्धान गर्ने क्रममा उक्त अडियो शर्माको आवाजसँग मिलेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

उनका अनुसार त्यो अडियो कहाँ र कसबाट तयार भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार गरिएको छ । ‘डा.आरजू राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८० बैशाख २ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा स्पिकर आइडेन्टीफ्रिकेसन टेस म्याच भनी उल्लेख भएको जुन स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगरपालिका १६ दाङ घर भएका ३४ को सन्देश शर्माको कन्ट्रोल स्याम्पलसँग मेल खाएको । कहाँ र कसबाट तयार भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुने नसकेको,’ विज्ञप्तिमा भनिएको छ, ‘निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...