प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले सदन अवरोध खोल्ने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सुचारु गर्नु सहमति भएको हो । सिंहदरबारमा बसेको बैठकमा सदन सुचारु गर्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरिले बताए । उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले गम्भिर रुपमा लिएका र्छौं । आज प्रधानमन्त्रीले पनि सदनमा प्रष्ट पार्नुहुन्छ । हामीले पनि आफ्नो कुरा राख्छौं ।

शीर्ष बैठकमा प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने अडान एमाले अध्यक्ष ओलीले राखेका थिए । प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको र सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुनः सदन अवरोध गर्ने जनाएको छ । प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझ्दो भएमा सदनको कारबाही चल्न दिइने एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । तीन दलको छलफलछि एमाले एमालेले प्रधानमन्त्रीको राजीनामा व्याक भएको छ । प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित भएको थियो।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...