कोशीमा प्रधानमन्त्रीका ज्वाईं जीवनलाई अर्थको जिम्मेवारी



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराएका छन् ।  माओवादीबाट दुई र काँग्रेसबाट एकसहित आज तीन जना मन्त्री नियुक्त भएका छन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली काँग्रेसबाट रामकुमार खत्री नियुक्त भएका हुन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिइएको छ । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाइँ हुन् ।  प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन् । आचार्यबाहेक अरु मन्त्रीको जिम्मेवारी तोकिएको छैन । अस्ति काँग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...