प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा



हाम्रो इकोनोमि

 

 

सरकारका प्रवक्ता शर्माले प्रधानमन्त्रीले पुस्तक बिमोचनका क्रममा राखेको अभिव्यक्ति कै कारण राजीनामा नदिने स्पष्ट पारिन् । प्रधानमन्त्रीले अन्यथा बिषय नबोलेकाले यसमा विवाद गर्न नहुने उनको भनाइ छ । प्रवक्ता शर्माले संसद अवरुद्ध हुँदा मिटरब्याजसम्बन्धी अध्यादेश नै निष्कृय हुन पुगेको जिकिर गरिन् ।

‘विपक्षीहरुले खास गरेर प्रधानमन्त्रीज्युले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र जुन राजीनामाको माग गरी संसद अवरुद्ध गर्नुभएको छ र संसद अवरुद्ध गरिरहँदा जुन हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याज सम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ । प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन की राजीनामा दिनुपर्ने’, उनले भनिन्, एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्युले अन्यथा बोलेको हामीलाई लाग्दैन । प्रधानमन्त्रीज्युले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो । जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...