प्रधानमन्त्रीको अभिव्यक्ति लाचारी, आत्मसमर्पणवादको भद्दा नमुना : राजेन्द्र गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्ति लाचारी र आत्मसमर्पणवादको भद्दा नमुना भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच गौतमले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । प्रचण्डको अभिव्यक्तिले सार्वभौम जनताको मतको खिल्ली उठाएको उनले लेखेका छन् । मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ । सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र, संसदको माखोल उठाइयो । धन्य ।,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...