तीन दलका शीर्ष नेताबीच जुट्यो २ सहमति



हाम्रो इकोनोमि

 

 

प्रमुख तीन संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरेको आयोजनामा आज सिंहदरवारमा भएको बैठकमा प्रमुख दलका नेताहरुबीच यस्तो सहमति भएको हो ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिनुभयो । ‘लामो समयदेखि समितिको सभापति चयन हुन सकेको छैन । अब छिटोभन्दा छिटो चयन गर्ने भन्ने पूर्ण रूपमा सहमति भएको छ,’ मन्त्री गुरुङले भन्नुभयो । उहाँले पूर्व सहमतिअनुसार नै समितिको सभापति चयन हुने सहमति जुटेको जानकारी दिनुभयो ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन । आजको बैठकमा राजनीतिमा देखिएको अराजकतालाई अन्त्य गरेर अघि बढने सहमतिसमेत भएको छ । मन्त्री गुरुङका अनुसार तीन दलका शीर्ष नेताले अराजकताको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्छ भन्ने निश्कर्षमा पुग्नुभएको हो । सभामुख घिमिरेले आज प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति तथा कानूनमन्त्री गुरुङको बैठक राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...