आङ्दोर्जे पासाङफुटी स्मृति कप प्रतियोगिता सम्पन्न



हाम्रो इकोनोमि

 

 

स्वर्गीय आङ्दोर्जे पासाङ्पसटिको स्मृतिमा आयोजना हुने ‘आङ्दोर्जे पासाङफुटी स्मृति कप प्रतियोगिता’ सम्पन्न भएको छ । दोलखाको श्री गर्जाङ ढुंगा माविको ६२ औं वार्षिक उत्सव तथा अभिभावक भेलाको सन्दर्भमा आयोजना भएको उक्त भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त स्मृति कपलगायत अन्य विभिन्न कार्यक्रमहरू पनि भएको थियो । कार्यक्रममा मन्त्री थपलियाले दोलखाका शिक्षाको क्षेत्रमा गर्जाङ ढुंगा माविले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यो विद्यालयले यस्तै भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारबाट आफूले गर्न सक्ने कामहरू विद्यालयका लागि गर्ने प्रतिबद्धा व्यक्त गरे । विद्यालयको शैक्षिक विकासका लागि योजना बनाएर मन्त्रालयमा आउन विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आग्रह गरे । त्यस्तै सांसद उर्मिला सुनुवारले दोलखाको विकासमा गर्न शिक्षा क्षेत्रको विकास हुनु अनिवार्य भएको बताइन् । उनले गर्जाङ मावि लगायत सबै विद्यालयको गुणस्तर विकास गर्न गुरु योजना बनाउन आवश्यक रहेको बताइन् ।

सांसदको हैसियतमा आफूले गर्नपर्ने सबै सहयोग गर्ने भन्दै उनले विद्यालय परिवारलाई आवश्यक सहयोग माग्न समेत अनुरोध गरिन् । उनले विद्यालयमा आवाशिय भवनको आवश्यक पर्ने र त्यसको व्यवस्थापन गर्न शिक्षकहरूले मुख्यतया ध्यान दिनुपर्ने पनि बताइन् । सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूलाई पनि अनिवार्य रूपमा सरकारी विद्यालयमा आफ्नो छोराछोरी पढाउँदा पनि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एउटा पाइला हुने बताइन् । कार्यक्रममा अर्का सांसद भरत केसीले दोलखाको विद्यालय सुधार अभियान चलाउन आवश्यक रहेको बताए । पछिल्लो समय सरकारी र सामुदाय विद्यालयप्रति विद्यार्थी तथा अविभावकको समेत आकर्षण कम हुँदै गएको अवस्थामा एउटा अभियान नै आवश्यक रहेको उनको भनाइ छ । यसको लागि दोलखाका स्थानीय तह र विद्यालयहरू तयार भए सांसदको हैसियतमा आफूले सबै सहयोग गर्ने बताए ।

जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले विद्यालयको शैक्षिक र भौतिक गुणस्तर विकास गर्न योजना बनाएर अघि बढिरहेको बताए । उनले स्थानीय तहसँग यसको लागि पुरा गर्ने सबै सामर्थ नहुने भन्दै प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । एमाले बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजुले पार्टीको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले एमाले विकास र समृद्धिको पक्षमा काम गर्ने पार्टी भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...