पर्सा मिलन केन्द्र काठमाडौंको साधारण सभा सम्पन्न



हाम्रो इकोनोमि

 

 

पर्सा मिलन केन्द्र काठमाडौंको १८ औं साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सो साधारण सभाले ईन्जिनियर उमेशकुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको प्रथम उपाध्यक्षमा अमुसिंह सिजापति, उपाध्यक्षमा उताउल्लाह अंसारी, महासचिवमा ललन प्रसाद साह, कोषाध्यक्षमा प्रदिप कुशवाहा, सचिवमा किरण कुमारी गुप्ता, प्रचार सचिवमा राजवली प्रसाद कुशवाहा र सहायक सचिवमा सविता राज कर्णिकार रहेका छन् ।

यसैगरी सदस्यहरुमा विशेश्वर प्रसाद यादव, अजयकुमार साह, ममता भुजेल, शशीभुषण चतुर्वेदी, शृजकिशोर स्वर्णकार, अजयकुमार गुप्ता, सिकेन्द्र चौधरी र औरन्जेब अहमद रहेको नवनिर्वाचित अध्यक्ष गुप्ताले जनाएका छन् । काठमाडौंमा आई बसोबास गर्दै आएका पर्सा जिल्लाबासीहरुका बीचमा आपसी मेलमिलाप, भाइचार, सदभाव र सहयोग कायम गर्ने उदेश्यले यो संगठनको ३२ बर्ष अघि स्थापना भएको थियो । साधारण सभाको उदघाटन एक कार्यक्रमका बीच खानेपानी मन्त्री उमाकान्त चौधरीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...