सिन्धुपाल्चोकबाट एमाले उमेदवारहरु सिफारिस



हाम्रो इकोनोमि

 

 

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । चारै प्रदेशको शनिबार सम्पन्न बैठकले प्रतिनिधि सभा २ क्षेत्र र प्रदेश सभा चार क्षेत्रका लागि उमेदववारहरु सिफारिस भएका हुन् ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल र नेताहरु भरतप्रसाद पराजुली र बादल तामाङ सिफारिस भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, वागमती प्रदेश सभा सदस्यद्धय हस्त पण्डित र माधव पाण्डे सिफारिस भएका छन् ।

प्रतिनिधि सभा–१ प्रदेश सभा(क)

प्रदेश सभा (क) बाट बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुञ्जो शेर्पा, शम्भु सापकोटा,सुकदेव रिसाल, आङदोर्जे शेर्पा, डिबी लामा, कल्याणी घिसीङ, प्रदिप पौडेल, सागर घिमीरे, दिपक सुवेदी, जिल्ला कमिटी अध्यक्ष कमल नेपाल,फुर्निमा शेर्पा, पेम्बा शेर्पा, कृष्णमाया मोक्तान, मिना बोहरा, दिल्लीप्रसाद तिमिल्सिना र अर्नथमाया श्रेष्ठ सिफारिस भएका छन् ।

प्रतिनिधि सभा–१ प्रदेश सभा ख  मा प्रत्यक्ष तर्फ प्रेमलाल लामा, अमान सिं तामाङ,डम्बर थापा, शोभा कार्की,डाक्टर विनोद नेपाल,पुरुषोतम प्याकुरेल र होमनारयण श्रेष्ठ सिफारिस भएका छन् । प्रतिनिधि सभा–२ प्रदेश सभा(क) मा डालबहादुर सापकोटा, विष्णुमणी आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिवहरी सापकोटा, राजु नेपाल, खिलबहादुर गिरी र डबले लामा सिफारिस भएका छन् ।

प्रतिनिधि सभा–२ प्रदेश सभा(ख) तर्फ मित्रलाल चौलागाई, कृष्णगोपाल तामाङ, अशोक चौलागाई, शिसीर वाइबा,सोमर बम्जन, चिरन तामाङ सिफारिस भएका छन् । प्रदेश सभाको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उमेदवारहरुको बारेमा छलफल भएपनि प्रदेश सभाको कमिटीलाई समानुपातिक उमेदवार सिफारिस गर्ने म्यान्डेट नभएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

छलफलका क्रममा नामहरु आएका छन् त्यसलाई टिपे पनि सामुनपातिक लाई भने निर्णय नगरिएको अध्यक्ष नेपालले जानकारी दिए । जिल्ला कमिटीको बैठकले समानुपातिक उमेदवारहरु सिफारिस गरिने अध्यक्ष नेपालले जानकारी दिए । प्रदेश सभाबाट आएका नामहरु उपर राय सहित वागमती प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिने अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...