महतोसँग चुनाव हार्ने भएपछि निधी नै समानुपातिकमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी समानुपातिकका लागि सिफारिस भएका छन् । धनुषा क्षेत्र नम्बर ३ कमिटीले निधीको एकल नाम समानुपातिकतर्फ सिफारिस गरेको हो । २०७४ को निर्वाचनमा धनुषा ३ बाट उम्मेदवार बनेका निधी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोसँग २ हजार ८७८ मतले पराजित भएका थिए । महतो ३० हजार ७२५ मत ल्याएर विजयी हुँदा निधीले २७ हजार ८४७ मत पाएका थिए ।

लोसपाबाट महतो पुनः यही क्षेत्रबाट उम्मेदवारीको तयारीमा छन् । कांग्रेस नेता निधीले यसअघि नै आफू धनुषा ३ बाट उम्मेदवार बन्न नसक्ने बताइसकेका थिए । उनले भनेका थिए, ‘मेरो कारणले गठबन्धनमा गडबड होस् भन्ने चाहेको छैन । म हिमाल, पहाड जहाँबाट पनि चुनाव लड्न सक्छु ।’

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...