महतोसँग चुनाव हार्ने भएपछि निधी नै समानुपातिकमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी समानुपातिकका लागि सिफारिस भएका छन् । धनुषा क्षेत्र नम्बर ३ कमिटीले निधीको एकल नाम समानुपातिकतर्फ सिफारिस गरेको हो । २०७४ को निर्वाचनमा धनुषा ३ बाट उम्मेदवार बनेका निधी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोसँग २ हजार ८७८ मतले पराजित भएका थिए । महतो ३० हजार ७२५ मत ल्याएर विजयी हुँदा निधीले २७ हजार ८४७ मत पाएका थिए ।

लोसपाबाट महतो पुनः यही क्षेत्रबाट उम्मेदवारीको तयारीमा छन् । कांग्रेस नेता निधीले यसअघि नै आफू धनुषा ३ बाट उम्मेदवार बन्न नसक्ने बताइसकेका थिए । उनले भनेका थिए, ‘मेरो कारणले गठबन्धनमा गडबड होस् भन्ने चाहेको छैन । म हिमाल, पहाड जहाँबाट पनि चुनाव लड्न सक्छु ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...