काठमाडौं- ४ मा एमालेबाट डा. भट्टराईको एकल नाम सिफारिस



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई सर्वसम्मत सिफारिस भएका छन् । अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि भट्टराईको एकल नाम सिफारिस भएको हो । बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाडौंका पूर्वअध्यक्ष कुइँकेलले पनि आफ्नो दाबी पेस गरेका थिए । २०७० सालमा गगन थापासँग पराजित भएका कुइँकेल २०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

डा. भट्टराई दोस्रोपटक गगन थापासँग प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो चुनावमा झिनो मतान्तरमा पराजित भएका भट्टराईले यसबीचमा प्रधानमन्त्रीको सल्लाहकार भएका बेला सो क्षेत्रको विकासमा बजेट तथा ठूला आयोजनाहरू लगेका कारण पछिल्लो समय उनको प्रभाव बढेको छ । भट्टराईको क्षेत्रमा रहेका बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये सबै एमालेले जितेको छ भने महानगरपालिकाका चारवटामध्ये एउटामा एमाले र तीनवटामा कांग्रेसले जितेको छ । स्थानीय तह निर्वाचनमा वडा तहमा आएको मतका आधारमा एमाले १६ हजार ५०७ मतका साथ पहिलो स्थनमा छ ।

कांग्रेस १५ हजार ७६३ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एसको २४२१ र माओवादीको ११६८ मत छ । क्षेत्रीय कमिटी बैठकमा कुइँकेलले दाबी फिर्ता लिएपछि भट्टराईको एक नाम सिफारिस भएको अध्यक्ष विदुरविक्रम खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...