सुदुरपश्चिममा रित्तियो माधव नेपालको नेकपा एस



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले आफूलाई बलियो दाबी गरेको सुदुरपश्चिमको गढ आजबाट भत्किने भएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका साँसदसहित पार्टीका प्रदेश अध्यक्ष नै एमाले प्रवेश गर्ने भएपछि नेकपा एसको गढ भत्किने भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुरमा आयोजना हुने विशाल जनसभामा एसका नेताहरुलाई एमालेमा प्रवेश गराउनुहुनेछ । एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एसकी केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा, सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाही, बेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्दलगायतका नेताहरु एमाले प्रवेश गर्दैहुनुहुन्छ ।

त्यसैगरी कैलालीबाट पनि काङ्ग्रेस,माओवादी, नेकपा एस,जसपा,राप्रपाका प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश हुने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...