रवीन्द्र मिश्रपनि केपी ओलीको शरणमा



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय राजसंस्थाको पक्षमा खुलेर नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेका विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा देखापरे । ओलीको बहुचर्चित बालकोट निवासमा मिश्रको यो पहिलो पाइला टेकाइ थियो भने ओलीसँग पहिलो वान टु वान भेट पनि ।

बेलुका ७ बजे निवासमा आइपुगेका मिश्रसँग ओली करिब अढाई घन्टा गफिए । उक्त गफगाफको मुख्य विषय राजनीतिक नै थियो । यद्यपि, ‘राष्ट्रवादी’ छविका दुई नेताहरुबीच राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा पनि विमर्श हुने नै भयो । ओलीले आफ्नो सरकारका पालामा चुच्चे नक्शासहित छपाएका सिक्काहरु अर्को सरकारले सार्वजनिक गर्न रोकेको दावी गरेका थिए । उनले केही उपहारका रुपमा आफूलाई केही सिक्काहरु दिएको मिश्रले फेसबुकबाटै सार्वजनिक गरिसकेका छन् ।

राजनीतिक विषयको कुराकानी चाहिँ आगामी निर्वाचनमाथि नै केन्द्रित थियो । स्रोतका अनुसार मिश्रले आगामी निर्वाचनमा एमाले र विवेकशीलबीच तालमेलको अनौपचारिक प्रस्ताव राखेका थिए । त्यसमा ओली सकारात्मक सुनिए । गठबन्धनका कारण देशको दलीय प्रणालीमै आघात परिरहेको भन्दै ओलीले आगामी चुनावमा आफ्नो पार्टी स्थानीयस्तरमा तालमेलका लागि खुला रहेको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...