रवीन्द्र मिश्रपनि केपी ओलीको शरणमा



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय राजसंस्थाको पक्षमा खुलेर नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेका विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा देखापरे । ओलीको बहुचर्चित बालकोट निवासमा मिश्रको यो पहिलो पाइला टेकाइ थियो भने ओलीसँग पहिलो वान टु वान भेट पनि ।

बेलुका ७ बजे निवासमा आइपुगेका मिश्रसँग ओली करिब अढाई घन्टा गफिए । उक्त गफगाफको मुख्य विषय राजनीतिक नै थियो । यद्यपि, ‘राष्ट्रवादी’ छविका दुई नेताहरुबीच राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा पनि विमर्श हुने नै भयो । ओलीले आफ्नो सरकारका पालामा चुच्चे नक्शासहित छपाएका सिक्काहरु अर्को सरकारले सार्वजनिक गर्न रोकेको दावी गरेका थिए । उनले केही उपहारका रुपमा आफूलाई केही सिक्काहरु दिएको मिश्रले फेसबुकबाटै सार्वजनिक गरिसकेका छन् ।

राजनीतिक विषयको कुराकानी चाहिँ आगामी निर्वाचनमाथि नै केन्द्रित थियो । स्रोतका अनुसार मिश्रले आगामी निर्वाचनमा एमाले र विवेकशीलबीच तालमेलको अनौपचारिक प्रस्ताव राखेका थिए । त्यसमा ओली सकारात्मक सुनिए । गठबन्धनका कारण देशको दलीय प्रणालीमै आघात परिरहेको भन्दै ओलीले आगामी चुनावमा आफ्नो पार्टी स्थानीयस्तरमा तालमेलका लागि खुला रहेको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...