डोजर चलाउन रहर भए सिकेर आउनुस् : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को पछिल्ला कार्यप्रति टिप्पणी गरेका छन् । मेयर बालेनले पछिल्ला दिन अनाधिकृत संरचना भत्काउन आफैं उपस्थित भएर अघि सरिरहेका छन् । त्यसै विषयमा नेता बस्नेतले कटाक्ष गरेका हुन् ।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले फेसबुकमा लेखेका छन् । बिहीबार अल्फाबिटाको भवन भत्काउने क्रममा सञ्चालकसँग भनाभन भएको थियो । त्यसक्रममा मेयर बालेनले कार्यालय पुगेर नक्सा लिएर आएका थिए ।

बस्नेतले बालेनलाई डोजर चलाउने रहर भए सिकेर आउन पनि सुझाएका छन् । उनले लेखेका छन्, ‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।’

त्यस्तै, २, ४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि बस्नेतले बालेनलाई आग्रह गरेका छन् । ‘विगतका यस्ता २,४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले अगाडि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...