जनताको प्रश्न बालेन मेयर हो कि डन ?



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए ।

आज बानेश्वरका विभिन्न स्थानमा रहेका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट खाली गराउने क्रममा मेयर साह अल्फाबिटा पुगेका हुन् । त्यसक्रममा अल्फाबिटाका मालिक द्विराज शिवाकोटीसँग उनको बाझाबाझ भएको थियो ।

बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछि शिवाकोटीले प्रतिवाद गरेका थिए । आफूहरुले पार्किङका लागि अलग्गै स्थान छुट्याएकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको उनको भनाइ थियो । तर, बालेनले उनको जवाफमा चित्त बुझाएनन् । बेसमेन्टलाई भाडामा लगाउनै नपाइने मापदण्ड उनले सम्झाए ।

‘तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’ बालेन प्रश्न गरे । ‘काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे ।

बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए । ‘हामी काठमाडौंभरिका कमर्सियल विल्डिङको पार्किङ एरिया खालि गरिरहेका छौं,’ उनले भने । शिवाकोटीले भने आफ्नो भवनको बेसमेन्टमा सवारीसाधन छिराउन सकिने बाटो नै नभएको बताए । उनले सरकारसँग अनुमति लिएर व्यवसाय सञ्चालन गरेको दाबी गरे ।

बालेनले सोधे, ‘तपाईंले हस्पिटल खोल्ने, ल्याब खोल्ने भनेर एप्रूभल लिनुभएको छ ?’ ‘मैले व्यवसाय गर्ने भनेर लिएको छु,’ शिवाकोटीले जवाफ दिए ।

त्यसपछि बालेन एकाएक जंगिए । ‘तपाईंको घरको नक्शा मसित हुनुपर्छ ?’ उनले उँचो स्वरमा भने । ‘अनि नगरपालिकासँग हुनु पर्दैन ? तपाईंको अफिसमा होला नि,’ घरधनीले जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...