नेकपा एसका प्रदेश अध्यक्ष नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

चुनावको मिति नजिकिएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पहिरो जान सुरु भएको छ । एमालेबाट बिद्रोह गरेको भन्दै पार्टी खोल्नुभएका माधवले एक बर्ष नपुग्दै नेकपा माओवादी केन्द्रमा बिलय गराउने भित्री योजना बनाएको तथ्य खुलेपछि सो पार्टी छाडने क्रम बढेको हो ।

 

 

यही क्रममा नेकपा एकीकृत समाजवादीका सुदुरपश्चिम प्रदेशका अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्याग गर्नुभएको छ । अध्यक्ष शाहीले सामाजिक सञ्जालमार्फत सो पार्टी पत्यिाग गरेको घोषणा गर्नुभएको हो । माधवले माओवादीमा पार्टी बिलय गराउने र कांग्रेसको नीति र नेतृत्व स्वीकार गरेर मुलुकको कम्युनिष्ट आन्दोलन सकाउने भित्री योजना बनाएको जानकारी पाएपछि शाही यो निश्कर्षमा पुग्नुभएको हो ।

 

शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको बताउनु भएको छ । २०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ, शाहीले लेख्नुभएको छ ।

 

शाहीको भनाई जस्ताको तस्तै

२०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिएँ भने आजका मितिदेखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...