सरकारी खर्चमा आरजुको होटल हिमालयमा ‘दरपार्टी’



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाली कांग्रेसका नेतृहरुले सरकारी खर्चमै चारतारे होटलमा तीजको ‘दरपार्टी’ गरेका छन् । यसको चाँजोपाँजो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले मिलाएकी थिइन् । उनी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य समेत हुन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र पूर्व कोषाध्यक्ष चित्रलेखा यादवसमेत उपस्थित कार्यक्रमको प्रमुख अतिथि भने कांग्रेस केन्द्रीय सदस्य डा। आरजु राणा देउवा थिइन् ।

जो प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी हुन् । उनलाई ‘प्रथम महिला’ को हैसियतमा कार्यक्रमको प्रमुख अतिथि बनाइएको आयोजकको भनाई छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कुपण्डोलस्थित चारतारे हिमालय होटलमा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । कार्यक्रममा भूमिसुधार मन्त्री एवं माओवादी नेतृ शशी श्रेष्ठ र केही कर्मचारी बाहेक ‘गैर कांग्रेसी’ देख्न मुस्किल थियो । सहभागीहरुले छोटो औपचारिक कार्यक्रमपश्चात ‘दर’ खाएका थिए भने नाँचगानमा मन्त्री रेग्मीसहितका नेतृहरु सरिक भएका थिए ।

चर्चित गायिका राधिका हमालले सांगितिक प्रस्तुति दिएको कार्यक्रममा कांग्रेसका १ सय बढी महिला नेतृ एवं कार्यकर्ता उपस्थित थिए । तीमध्ये अधिकांशलाई आयोजक मन्त्रालय हो भन्नेसमेत थाहा थिएन । ‘उमादिदीले तीजको दरका लागि बोलाउनुभएको भनेर पुगेका थियौं । कार्यक्रम त सरकारी परेछ’, एक नेतृले नेपाल प्रेससँग भनिन् ।

गत साउन १८ गतेमात्रै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदका सबै मन्त्री र सचिवहरुलाई बोलाएर ‘मितव्ययी’ बन्न निर्देशन दिएका थिए । अर्थतन्त्र गम्भीर मोडमा रहेको भन्दै प्रधानमन्त्रीले त्यतिबेला अत्यावश्यकबाहेक काममा मन्त्रालयको बजेट खर्च नगर्न र मितव्ययी बन्न निर्देशन दिएका थिए । प्रधानमन्त्री पत्नीकै उपस्थितिमा प्रधानमन्त्रीको निर्देशन समेतको सामूहिक उल्लघंन कांग्रेस नेतृहरुले गरेका छन् ।

कार्यक्रमका सहभागिहरुलाई दर खान भन्दै बुधबार मध्यान्ह १२ बजे होटल हिमालयमा बोलाइएको थियो । केहीबेर ढिला गरी सुरु भएको औपचारिक कार्यक्रममा कुनै ब्यानर राखिएको थिएन । यद्यपि मन्त्रालयका सचिव डिल्लीराज शर्मा लगायत उच्चपदस्थ कर्मचारीहरु कार्यक्रमको व्यवस्थापनमा खटिएका थिए ।

औपचारिक कार्यक्रम सकिएपनि केही घण्टा नाँचगान गरेर कांग्रेस नेतृहरु छुट्टिएका थिए । मन्त्रालयका एक कर्मचारीले विगतको अभ्यास थाहा नभएपनि यसपटक मन्त्रालयले आफ्नै खर्चमा तीजको कार्यक्रम राखेको बताए ।

     

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...