गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था चिन्ताजनक



हाम्रो इकोनोमि

 

 

चुनावी अभियानमा सम्बोधन गरिरहेका बेला गोली लागेर गम्भिर घाइते बनेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आबेको स्वासप्रस्वास र मुटुको चालमा समस्या देखिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको हो ।

सिन्जो नारा मेडिकल युनिभर्सिटीमा उपचाररत् छन् । जापानका प्रधानमन्त्री फुमिओ कासिदाले उक्त घटनालाई पाशविक र विद्वेषपूर्ण घटनाको संज्ञा दिदै दोषीमाथि कारबाही हुने आश्वस्त पारेका छन् । आबेको उपचारमा कुनै कमी हुन नदिने र चिकित्सकहरू उनको ज्यान बचाउन भरमग्दुर प्रयासमा रहेको कासिदाको भनाइ छ । सुरक्षित मुलुकमध्येको परिचय पाएको जापानमा भएको यस घटनाले हाल संसार नै तरंगित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...