गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था चिन्ताजनक



हाम्रो इकोनोमि

 

 

चुनावी अभियानमा सम्बोधन गरिरहेका बेला गोली लागेर गम्भिर घाइते बनेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आबेको स्वासप्रस्वास र मुटुको चालमा समस्या देखिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको हो ।

सिन्जो नारा मेडिकल युनिभर्सिटीमा उपचाररत् छन् । जापानका प्रधानमन्त्री फुमिओ कासिदाले उक्त घटनालाई पाशविक र विद्वेषपूर्ण घटनाको संज्ञा दिदै दोषीमाथि कारबाही हुने आश्वस्त पारेका छन् । आबेको उपचारमा कुनै कमी हुन नदिने र चिकित्सकहरू उनको ज्यान बचाउन भरमग्दुर प्रयासमा रहेको कासिदाको भनाइ छ । सुरक्षित मुलुकमध्येको परिचय पाएको जापानमा भएको यस घटनाले हाल संसार नै तरंगित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...