गठबन्धनले गर्ने चुनावी सभामा शेखर-गगन नजाने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सहभागी नहुने भएका छन् । गठबन्धनको स्थानीय चुनावी संयन्त्रले कोइराला र थापाको समेत तस्बिर राखेर प्रचार सामग्री बनाए पनि पूर्वनिर्धारित कार्यक्रमहरूमा व्यस्त रहेका कारण कोइराला र थापा भरतपुर नजाने भएका हुन् । कोइराला र थापा भरतपुर जाने निधो नभए पनि गठबन्धनको स्थानीय संयन्त्रले दुवै नेता आउने भनी प्रचार गरेको थियो ।

कांग्रेसले निर्धारण गरेको केन्द्रीय चुनावी सभाको तालिकामा पनि भरतपुरको सभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डिना उपाध्याय सहभागि हुने उल्लेख छ ।

आजै चितवन कांग्रेसका सभापति राजेश्वर खनालले कोइरालालाई फोन गरी भरतपुर आउन अनुरोध गरेका थिए । कोइरालाले पूर्वनिर्धारित कार्यक्रमहरूमै व्यस्त रहेकोले अपर्झट भरतपुर आउन असमर्थ रहेको भन्दै सभा सफलताको कामना गरेका छन् । चुनावी अभियानका लागि कोइराला विराटनगरमा रहेका छन् । महामन्त्री थापा भने आफ्नै निर्वाचन क्षेत्रमा रहेको बूढानीलकण्ठ नगरपालिकाको घरदैलोमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...