रौतहट प्रशासनले धाँधलीपूर्ण निर्वाचन गर्ने खोजेको प्रभु साहको आरोप



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्वमन्त्री प्रभु साहले स्थानीय प्रशासन रौतहटमा धाँधलीपूर्ण रुपमा निर्वाचन गर्ने षडयन्त्रमा रहेको बताएका छन् । पूर्वमन्त्री साहले बुधबार रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जिल्लाको निर्वाचन निष्पक्ष हुन नदिने षडयन्त्र गरिरहेको भनी स्टाटस फेसबुकमा राखेपछि तरंग पैदा भएको छ । पुर्वमन्त्री साहसँग के भएको हो भनी सोध्दा उनले रौतहटको सिडियोले जिल्ला स्थित निर्वाचन कार्यालयलाई आफ्नो लंगोटी बनाएको बताए । जिल्लाभित्र मतदान अधिकृतहरु नियुक्त गर्दा कुनै पनि कानुन वा मापदण्ड नअपनाइ सिडियोको ठाडो निर्देशनमा खटनपटन गरेको तथा मतदान केन्द्र र मतगणना केन्द्र तोक्दा समेत सिडियोले मनोमानी गरी गठबन्धनका नेताहरुको इशारामा अनावश्यक हस्तक्षेप गरि रहेको साहको भनाई छ ।

निर्वाचन गराउने सरकार तठस्थ भुमिकामा रही प्रतिपक्षलाई आश्वस्थ पार्नुपर्ने ठाउँमा रौतहटका सिडियोले प्रतिपक्षी दलका स्थानीय नेतालाई तर्साउने धम्काउने जस्ता गतिविधि गरिरहेको भन्दै पूर्वमन्त्री साहले आफ्ना हर्कत सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । स्वतन्त्र भुमिका खेल्नुपर्ने सिडियो गठबन्धनका नेताहरुको गोटी बनेको भन्दै पुर्वमन्त्री साहले प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न सचेत गराएका छन् । उनले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि षडयन्त्रमा चल्ने सिडियोको बर्खास्तीको माग गरेका छन् । “तपाइहरु अहिले हेर्न सक्नुहुन्छ रौतहटको सिडियोको गतिविधि कस्तो छ । निर्वाचनको बेला सरकार अथवा सरकारी निकाय पूर्णत कामचलाउ भएर तठस्थ भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर यहाँ रौतहटको सिडियो आफै निर्वाचनलाई निष्पक्ष हुन नदिने षडयन्त्रमा छ ।

निर्वाचन आयोग हो कि गठबन्धन सरकारको लंगोटी ? बुझ्नै गाह्रो छ ।” पुर्वमन्त्री साहले भने, ” मतदान अधिकृतहरु एउटा निश्चित मापदण्डमा खटाइनुपर्ने हो तर सिडियोको ठाडो आदेशमा मनपरी ढंगले खटनपटन भएको छ । मतदान स्थल तथा मतगणना केन्द्रहरुको छनोटमा समेत सिडियोको मनोमानी हस्तक्षेप छ ।” गठबन्धन सरकारको गोटीको रुपमा काम गर्न सिडियो रहुञ्जेल निष्पक्ष निर्वाचनको वातावरण बन्न सक्दैन । म गठबन्धन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु, समयमै नसच्चिए प्रतिपक्ष चुप बस्दैन ।” जिल्लामा आए लगतै सिडियो कृष्ण बहादुर शाहीले झुठा मुद्दा लगाएर फसाएको भन्दै हजारौले उनी विरुद्ध सडकमा प्रदर्शन गरेका थिए । सिडियो शाहीले भारतसँगको सिमानामा तस्करी वृद्धि गराएको भन्दै चर्को आलोचना हुँदै आएको छ । पटक पटक विवादित रहँदै आएका सिडियो शाही पुन: विवादमा तानिएपछि राजनीतिक वृतमा समेत तनावको स्थिति सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...