प्रधानमन्त्री देउवामाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी



हाम्रो इकोनोमि

 

 

निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन आइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अधिवक्ता सुनिता अधिकारीले निर्वाचन अधिकृत समक्ष देउवामाथि कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले आचारसंहिता उल्लंघनको सन्दर्भमा उजुरी दिएको अधिकारीले बताइन् ।

उनले निर्वाचन आचारसंहिताको दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ । सोही दफा अनुसार बिहीबार सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा प्रधानमन्त्री देउवासहित नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको भन्दै उनले कार्यक्रम स्थगित गराई आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाउँ भनी निवेदन दिएकी हुन् । उजुरीकर्ता अधिकारी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पनि हुन् । उनी भरतपुरकै मतदाता हुन् ।

प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता भरतपुरमा रेनु दाहालको पक्षमा मत माग्न र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने चितवन पुग्दै छन् । बिहीबार भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनको आमसभालाई पाँच दलका शीर्ष नेताले सम्बोधन गर्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...