जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउने देउवाको षड्यन्त्र



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन बास बस्ने भएका छन् । चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा भोली भरतपुरमा हुने सभालाई सम्बोधन गर्न आजै साँझ चितवन पुग्न लागेका हुन् ।

भरतपुरमा विहीबार गठबन्धनले चुनावी सभा गर्दैछ । सभामा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा सहभागि हुनुअघि सभापति देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना छ ।

‘प्रधानमन्त्री चितवन आउँदा कांग्रेसका असन्तुष्ट नेताहरुलाई एकपटक भेट्ने र सहमतिका लागि अन्तिम प्रयास गर्ने सम्भावना छ’, चितवन कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर ‘उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन’ आग्रह गर्ने सम्भावना छ ।

‘चुनावीसभा ११ बजे भनिएको छ । त्यसअघि नै असन्तुष्ट उम्मेदवार र नेतालाई मनाउन सभापतिले निर्णायक पहल लिनुहुनेछ’, ती नेताले भने ।यअसघि देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण तीन दिन दिचतवन बसेपनि स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन असफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...