रत्ननगरमा कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड



हाम्रो इकोनोमि

 

 

चितवनको रत्ननगरमा सत्ता गठबन्धनको भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् ।

कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् । कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्ची टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्।

कांग्रेसले नगर सचिव समेत रहेकी अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उनको टिकट खोसिएको थियो । अर्यालको ठाँउमा सत्ता गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।

सो वडामा गठबन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय समेत कांग्रेसको वडा समितिले गरेको छ । रत्ननगरमा माओवादी केन्द्रले मेयर उपमेयर पद नपाएको भन्दै असन्तुष्ट बनेको थियो । वडाका सबै पदमा माओवादीले उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...