रत्ननगरमा कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड



हाम्रो इकोनोमि

 

 

चितवनको रत्ननगरमा सत्ता गठबन्धनको भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् ।

कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन् । कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्ची टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्।

कांग्रेसले नगर सचिव समेत रहेकी अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उनको टिकट खोसिएको थियो । अर्यालको ठाँउमा सत्ता गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन् ।

सो वडामा गठबन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय समेत कांग्रेसको वडा समितिले गरेको छ । रत्ननगरमा माओवादी केन्द्रले मेयर उपमेयर पद नपाएको भन्दै असन्तुष्ट बनेको थियो । वडाका सबै पदमा माओवादीले उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...