चाँगुनारायणमा एमालेको जित पक्का : अध्यक्ष देउजा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएसँगै चुनावी माहोल एकाएक तातेको छ । निवर्तमान उपप्रमुख विणा बाँस्तोलालाई एमालेले नगरप्रमुख बनाए पछि घरदैलो कार्यक्रमलेपनि तिब्रता पाएको छ । उपप्रमुख पदमा एमालेका रमेश बुढाथोकीपनि चुनावी अभियानमा तिब्रताका साथ लागेका छन् । चाँगुनारायण नगरपालिकामा एमालेको जित पक्का भएको भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले बताउनु भएको छ ।

 

नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष कमरेड वचन देउजा सहित व्यापक जनसहभागितामा पार्टी नेता कार्यकर्ताको उपस्थितिमा नेकपा एमाले चागुनारायण ८, ९ साविक सुडाल १,२ ,३ को घरदैलो कार्यक्रम भव्य सभ्य रुपमा सन्चालन भैरहेको छ । घर दैलोमा जनतासँग मत माग्दै अध्यक्ष वचन देउजाले एमालेको जीतले नै गाँउ नगरमा विकास र जनतामा खुसी छाउने बताएका छन् । नगरप्रमुख विणा बाँस्तोला र उपप्रमुख रमेश बुढाथोकीले आफ्नो जित पक्का भएको र आफुहरुलाई जनताले पत्याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...