एमाले उम्मेद्दारको घरदैलोमा पुर्वमन्त्री बुद्धीराज बज्राचार्य, दुई दशक लामो मेयरको अनुभव साटासाट



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको वागडोर सम्हालेका बुद्दीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेद्दारसंग घरदैलो अभियानमा सहभागि हुनुभएको छ । ८६ वर्षे बज्रचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिड्नुभएको थियो । मेयरका उम्मेद्दार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य, वडाका अध्यक्षका उम्मेद्दार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेद्धार सहित आज बिहान घरदैलो अभियानमा लाग्नुभएको थियो ।

५ वर्ष सम्म वडाअध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हाल्नुभएका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागि हुनुभएको हो । पुर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताउनुभयो । भन्नुभयो–मैले हाम्रो भन्दापनि राम्रो उम्मेद्दार जिताउन अभियानमा सहभागि भएको हुँ । उहाँ वडा नम्बर २० का स्थायीवासी हुनुहुन्छ । उहाले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा उहाले आफ्नो साथ र समर्थन एमालेका उम्मेद्दारसंग रहेको बताउनुभयो ।

मेयरका उम्मेद्दार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पुर्वमन्त्री एवं दुई दशक लामो मेयरपद सम्हाल्नुभएका समाजसेवी बज्राचार्यको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । हाल उहाँ ललितपुर विकासको लागि समाजका अध्यक्ष हुनुहन्छ । उहाको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी बिहार र सम्पदाको पुननिर्माण सम्पन्न भैसकेको छ ।

उपमेयरका उम्मेद्दार मञ्जली शाक्यले उहाको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो । भन्नुभयो–उहाकै कारण ललितपुर महानगरको विकास भएको हो,विश्वभरबाट परिचित पुर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भुमिका रहेको छ ।

वडा अध्यक्षका उम्मेद्दार इन्द्रमुनी बज्राचार्यले पुर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राख्नुभयो । उहाँकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ–अध्यक्ष बज्राचार्यको भनाई छ । सो अवसरका पुर्वमन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...