२४ घण्टाभित्र स्थापितविरुद्धको वक्तव्य हटाउन ओरेकलाई आयोगको ठाडो निर्देशन



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको छ । आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिएको प्रेस वक्तव्य आचारसंहिताविपरित रहेको ठहरसमेत गरेको छ ।

आयोगले रेनु अधिकारीले सञ्चालन गरेको महिला पुन:स्थापना केन्द्र (ओरेक) र त्यसमा आबद्ध ४० वटा परियोजनाबाट स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र फिर्ता लिएर हटाउन भनेको छ । यसका साथै कुनै उम्मेदवारलाई मत देऊ वा नदेऊ भनेर सामाजिक संस्थाले विज्ञप्ति जारी गरेकोमा कारबाही किन नगर्ने भनेर ३ दिनभित्र स्पष्टीकरण समेत मागेको छ ।

सामाजिक काम गर्न भनेर स्थापना भएको गैरराजनीतिक संस्थाले राजनीतिक दलका उम्मेदवारलाई मत नदिन भनेर वक्तव्य जारी गर्नु गैरकानूनी र आचारसंहिताविपरीत हुने आयोगले जनाएको छ । आयोगका एक पदाधिकारीले आयोगको निर्णय सम्बन्धित गैरसरकारी संस्थाहरूलाई गराइएको बताए ।

यसैबीच आयोगले एमालेका मेयर उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्तालाई ‘तपाईँ नाइस लेडी हो तर थुतुनोको शैली भएन’ भनेर जवाफ दिएकोमा समेत सचेत गराएको छ । उम्मेदवारको आचारसंहिताभित्र रहन आयोगले स्थापितलाई सचेत गराएको हो । स्थापितले नेशनल कलेजको कार्यक्रममा विवेकशील साझाकी कार्यकर्ता भावना राउतको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित हुँदै बोलेको शब्दप्रति आयोगले सचेत गराएको ती पदाधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...