बालेन शाह भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग : केशव स्थापित



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको उनले दाबी गरे । पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’ बालेनले जनतासँग आँखा जुधाउन नसकेर सधैँ चस्मा लगाउने गरेको दाबीसमेत स्थापितले गरे ।

उनले भने, ‘कहिले पनि चस्मा किन खोल्दैन भनेको त जनतासँग आँखा जुधाएर हेर्ने आँट रहेनछ । यस्तो मान्छेको पछि लागेर हुन्छ ? युवाहरूसँग फेस टु फेस हेरेर कुरा गर्नुपर्‍यो नि ।’ बलेनसँग काठमाडौंका जनताको विवरण समेत नभएको उनले बताए ।

‘काठमाडौँमा महानगरको उम्मेदवारले काठमाडौंमा ८० लाख जनसंख्या छ भन्छ । कति जना मान्छे भन्ने पनि थाहा छैन उसलाई । सिंगो उपत्यकामा बनेपासम्म ४० लाख मान्छे छन् । उसले पहिल्यै ८० लाख भनेपछि योजना भताभुङ्ग भएन रु कहाँ पुर्‍याउँछन् यस्तोले ?’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...