आईजीपी नियुक्तिले गठबन्धनमा खटपट, मन्त्रिपरिषद् बैठक नै बस्न सकेन



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीमा जुनियरलाई महानिरीक्षक (आईजीपी) बनाउन खोजिएपछि उत्पन्न विवादका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न ढिला भएको छ । आजको मन्त्रिपरिषद् बैठकको मुख्य एजेण्डा सशस्त्र र नेपाल प्रहरीमा एआईजी नियुक्ति मुख्य एजेण्डा थियो । प्रधानमन्त्री शेरबहादुर देउवा १६ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारीमा लागेपछि गठबन्धनकै अन्य दलहरूले विरोध जनाएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार स्थानीय चुनावको मुखमा जुनियरलाई आईजीपी बनाउँदा त्यसले चुनावी सुरक्षा प्रणालीमै प्रभाव पार्न सक्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतले वरीयता र ज्येष्ठता नमिच्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा अहिले परामर्शमा छन् । गृहमन्त्री बालकृष्ण खाण पनि ज्येष्ठता र वरिष्ठता मिच्न नहुने पक्षमा छन् ।

नेपाल प्रहरीका बहालवाला आईजीपी शैलेश थापाले ३० वर्षे सेवा अवधिका कारण आइतबार राति १२ बजेदेखि अवकाश पाउँदैछन् । त्यसपछि उक्त पद रिक्त रहने भएकाले सरकारले आज विश्वराज पोखरेल, धिरजप्रताप सिंह, सहकुल थापा र रविन्द्रबहादुर धानुकमध्ये एकजनलाई आईजीपीमा बढुवा गर्दैछ । पोखरेल २०७७ मंसिर र थापा २०७८ असारमा एआईजीमा बढुवा भएका हुन् भने धानुक र सिंह गत महिना मात्र एआईजी भएका थिए । सरकारले तीनवटा एआईजी दरबन्दी थप्दै त्यसमा धानुक र सिंहलाई बढुवा गरेको थियो ।

प्रहरी नियमावलीको दफा ४१ मा ‘प्रहरी महानिरीक्षकमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरिक्षकमध्येबाट र प्रहरी अतिरिक्त महानिरिक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरुमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नेछ ।’ भन्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...