माओवादीको अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

रसुवा जिल्लामा माओवादीबाट गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बनेका उम्मेदवार नै एमाले प्रवेश गरेका छन । रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार तेन्जिङ छेसाङ बिहीबार एमाले प्रवेश गरेका हुन ।

नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य छेवाङ तेन्जिङ लामाका अनुसार पार्टी प्रवेश गर्ने तेन्जिङ गोसाईंकुण्ड गाउँपालिमा माओवादी केन्द्रका इन्चार्जसमेत हुन । उनीसँगै वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमाले प्रवेश गरेका छन ।

रसुवा सदरमुकाम रहेको गोसाईंकुण्ड गाउँपालिमा एमालेको राम्रो प्रभाव रहेको छ । यसअघिको चुनावमा पनि एमालेले भारी मतान्तरमा चुनाव जितेको थियो । माअोवादीको उम्मेदवारी फिर्ता लिएर उनीहरू एमालेको प्रचारमा बिहीबारबाट नै हिडिँसकेका छन ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...