भरतपुरका बागी उम्मेदवार पौडेल ब्याक नहुने, रेणु दाहाल हार्ने पक्का



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेल ब्याक नहुने भएका छन्। गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म ब्याक गराउन कन्भिन्सका लागि पुगेका थिए।

तर कांग्रेसका पुराना हस्ती तथा चर्चित व्यक्ति कृष्णलाल सापकोटालगायतको समर्थन पाएका पौडेलले आफू कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बरु रेणु दाहाललाई ब्याक गराउन सुझाव दिएको बताएका छन्।

चुनाव चिन्ह पाएपछि शनिबारदेखि चुनाव प्रचारमा हिँड्ने बताएका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालका लागि चुनौति बन्ने निश्चित भएको छ।

‘कांग्रेसका नेता कार्यकर्तादेखि ठूलो मत पौडेलको पक्षमा छ। कार्यकर्ताको बलमा नै उनले उम्मेदवारी दिएका हुन्, ब्याक हुने कुरै छैन’, स्थानीय नेता भन्छन्,‘फिर्ता लिए कांग्रेसको जग र नैतिकतामा नै प्रश्न उठ्नेछ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...