भरतपुरको मेयरमा छोरी रेणु हार्ने पक्का भएपछि यस्तो षड्यन्त्र गर्दैै प्रचण्ड



हाम्रो इकोनोमि

 

 

छोरी रेणु दाहालको भरतपुर महानगरपालिकामा मेयरको दोस्रो ‘इनिङ्ग्स’मा ब्रेक लाग्ने देखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन प्रपञ्च रचेका छन् । तीनै प्रयोगमा गरेका प्रचण्ड सफल हुन भने सकिरहेका छैनन्। प्रचण्डले तीन प्रयोग के–के गरे?

पहिलो, सत्ता गठबन्धनको बैठक राखी बागी उम्मेदवारलाई फिर्ता गराउने कडा निर्देशन ७ बुँदामा पास गराए। जुन, बुधबार सार्वजनिक भएको थियो।

दोस्रोचाहिँ आफैं चितवन सुटुक्क पुगेर स्थानीय कांग्रेस नेतालाई भेट गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभावशाली नेता जगन्नाथ पौडेललाई ब्याक सार्नका लागि लविङको हारगुहार गरेका थिए। स्रोतले भन्यो,‘प्रचण्डको हारगुहारका कारणले नै स्थानीय नेता पौडेल निवासमा उम्मेदवारी फिर्ता गर्न अनुरोध लिएर पुगेका थिए । तर, उनले मानेनन् ।’

तेस्रोचाहिँ प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएर जसरी पनि पौडेलको उम्मेदवारी फिर्ता लिन कन्भिन्स गर्न भनेका छन् । सोहीअनुसार देउवाले भरतपुरमा गृहमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए ।

त्यतिमात्र होइन देउवा स्वयम्, बरिष्ठ नेता रामचन्द्र पौडेलले टेलिफोन नै गरी पौडेललाई ब्याक सर्न भनेका थिए । प्रधानमन्त्री देउवाले त राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि चितवन खटाएका छन् ।

भरतपुरमा एमालेबाट लोकप्रिय नेता विजय सुवेदीलाई उम्मेदवार बनाउँदा नै रेणुको पराजय हुने आँकलन गरेका बेला कांग्रेसका लोकप्रिय स्थानीय नेताहरू पौडेलको उम्मेदवारी दर्ता गराई मैदानमा उत्रिएपछि प्रचण्ड तनावमा आएका थिए।

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...