स्यालको बथानले सिंहको शिकार गर्न सक्दैन : व्यञ्जनकार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफू विरुद्ध जति दलको गठबन्धन भए पनि जनताको साथ पाएर जित्ने दाबी गरेका छन् ।

ललितपुर महानगरको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै व्यञ्जनकारले अघिल्लो चुनावमा मतगणनामा धाँधली गरेर थोरै मतले हराइएको भनी यस पटक जनताले न्याय दिने बताए ।

उनले एमालेविरुद्धको गठबन्धनलाई सिंहकाविरुद्ध स्यालहरूको भीड भन्दै स्याल जति मिले पनि सिंहको शिकार गर्न नसक्ने बताए । उम्मेदवारी दर्तापछि उपमेयरकी उम्मेदवार मन्जली शाक्यले गठबन्धनलाई परास्त गर्न ललितपुरका जनताको साथ रहेको बताइन् ।

शाक्य अघिल्लो चुनावमा माओवादीबाट उपमेयरको उम्मेदवार बनेर अन्तिममा फिर्ता भएकी थिइन् ।अहिले उनी महानगरपालिका कमिटी एमालेको अध्यक्ष छिन् ।

उम्मेदवारी दर्ताअघि मेयर र उपमेयरका उम्मेदवारले शताब्दी पुरुष सत्यमोहन जोशी र ललितपुरका ज्येष्ठ कम्युनिस्ट सिद्धिलाल सिंह तथा स्नेतहलता श्रेष्ठलाई भेटेर आशीर्वाद लिएका थिए । उनीहरू बाजागाजा र जुलुससहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...