गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु : केशव स्थापित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको गेम ओभर भएको बताए ।

‘कांग्रेसको स्थायी भोट ४५ हजार मात्रै हो । माओवादीको ७ हजार । सबै खस्यो भने पनि ५२ हजार होला । समाजवादीले भोट लग्यो भने गठबन्धनको ५५–५८ हजार होला । काठमाडौंका जनताले पहिल्यै ८४ हजार ६ सय मत दिएको मान्छे हुँ म । त्यसैले गेम इज ओभर । हामी चुनाव जित्छौँ’, स्थापितले भने ।

उनले ‘सानातिना विवादले आफूलाई असर नगर्ने’ समेत उल्लेख गरे । ‘विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? मलाई यस्ता विवादले केही असर गर्दैन । मैले बनाएको माइतीघरमा नाराबाजी गर्नेहरू सबै मेरा मतदाता हुन्’, स्थापितले भने ।

उनले महानगरभित्र रहेका कलेजहरूको भवन नयाँ बनाउने बताए । त्रिचन्द्र कलेजमा नयाँ टावर बनाएर प्राज्ञिक केन्द्र खडा गर्ने स्थापितको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...