व्यञ्जनकारले लिए शताब्दी पुरुष र ज्येष्ठ कम्युनिष्टबाट आशीर्वाद



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेद्दार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य९आस्था० ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्धय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद लिएका छन् । आज मनोनयन गर्ने दिन बिहान तीनैजना नेताको निवासमा पुगेर आशिर्वाद लिएका थिए ।

आशिर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वथ्यताको कारण किस्ट अस्पताल भर्नापछि हिजोमात्र डिस्चार्ज हुनुभएका जोशीले एमालेका मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यलाई आशिर्वाद दिनुभएको थियो । त्यस अवसरमा सताब्दीपुरुष जोशीले दुवैजनालाई विजयीको लागि शुभआशिर्वाद दिनुभएको थियो ।
लगत्तै शंखमु्ल स्थित दिद्धिलाल सिहको निवासमा पुग्नुभएका दुवैजना उम्मेद्दारलाई आशिर्वाद दिदै सिहलेभन्नुभयो–ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईजस्ता उम्मेद्दारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वास सहित आर्शिवार्द दिन्छु भन्नुभयो । ८६ वर्षे एमाले नेता सिहले जनताको आवश्यकता अनुसार काम गर्नको लागि एमालेको विजय आवश्यक रहेको बताउनुभयो ।

त्यस लगत्तै पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद ग्रहण गर्नुभएको थियो । त्यस क्रममा उहाले विजयको शुभकामना दिनुभएको थियो । ८४ वर्षिया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेद्दार विजय भएको हेर्न चाहेको बताउनुभयो ।

भेटपछि प्रतिक्रिया दिदै मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यले इतिहासपुरुष जोशी र दुई वामपन्थी नेताको आशिर्वाटबाट आफुहरुको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाहरु दुवैजनाले केहीबेरमा महानगरको निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...