व्यञ्जनकारले लिए शताब्दी पुरुष र ज्येष्ठ कम्युनिष्टबाट आशीर्वाद



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेद्दार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य९आस्था० ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्धय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद लिएका छन् । आज मनोनयन गर्ने दिन बिहान तीनैजना नेताको निवासमा पुगेर आशिर्वाद लिएका थिए ।

आशिर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वथ्यताको कारण किस्ट अस्पताल भर्नापछि हिजोमात्र डिस्चार्ज हुनुभएका जोशीले एमालेका मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यलाई आशिर्वाद दिनुभएको थियो । त्यस अवसरमा सताब्दीपुरुष जोशीले दुवैजनालाई विजयीको लागि शुभआशिर्वाद दिनुभएको थियो ।
लगत्तै शंखमु्ल स्थित दिद्धिलाल सिहको निवासमा पुग्नुभएका दुवैजना उम्मेद्दारलाई आशिर्वाद दिदै सिहलेभन्नुभयो–ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईजस्ता उम्मेद्दारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वास सहित आर्शिवार्द दिन्छु भन्नुभयो । ८६ वर्षे एमाले नेता सिहले जनताको आवश्यकता अनुसार काम गर्नको लागि एमालेको विजय आवश्यक रहेको बताउनुभयो ।

त्यस लगत्तै पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशिर्वाद ग्रहण गर्नुभएको थियो । त्यस क्रममा उहाले विजयको शुभकामना दिनुभएको थियो । ८४ वर्षिया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेद्दार विजय भएको हेर्न चाहेको बताउनुभयो ।

भेटपछि प्रतिक्रिया दिदै मेयरका उम्मेद्दार ब्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यले इतिहासपुरुष जोशी र दुई वामपन्थी नेताको आशिर्वाटबाट आफुहरुको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाहरु दुवैजनाले केहीबेरमा महानगरको निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...