रुपन्देहीमा गठबन्धन तोडिएपछि भाँडभैलो



हाम्रो इकोनोमि

 

 

भागबन्डा नमिलेपछि रुपन्देहीमा पाँच दलीय चुनावी गठबन्धन तोडिएको छ । जसअनुसार सत्तापक्षीय गठबन्धनले आआफ्ना उमेदवार सिफारिस गरेका छन् ।

१६ पालिका रहेको रुपन्देहीकाे बुटवलमा जसपाले आइतबार गठबन्धनविरुद्ध मेयर र उपमेयरमा उम्मेदवारी दिएको थियाे । नेकपा एकीकृत समाजवादीले साेमबार बुटवलबाहेक सबै पालिकामा उम्मेदवारी घोषणा गरेको छ ।  नेपाली कांग्रेसले १५ वटा पालिकामा एकल उम्मेदवारी घोषणा गरेपछि साना दलले असन्तुष्टि जनाएका थिए । जसले विवादकाे रुप लियाे ।

गठबन्धन दलले लुम्बिनी सांस्कृतिक नगरपालिकासहित मर्चवारी, सम्मरीमाइ, गैडहवा, मायादेवी र कोटहीमाइमा अगल–अगल उम्मेदवार उठाउने सहमति गरेका थिए । बाँकी नौवटा स्थानीय तहमा कांग्रेसले प्रमुख नछोड्ने र माओवादी केन्द्रले उपप्रमुख दाबी गरेपछि नेकपा एकीकृत समाजवादी एक्लिएको छ ।

बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा गठबन्धन तोडिएको नेता सिद्धिचरण भट्टराईले बताए । ‘बुटवलबाहेक सबैमा हाम्रो उम्मेदवारी दर्ता हुन्छ । अस्तित्व नस्वीकार्ने भएपछि किन गठबन्धन आवश्यक पर्यो ?’, उनले भने ।

बुटवलमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखमा नेकपा एसका चीनबहादुर गुरुङलाई सिफारिस गरिए पनि जसपाले गठबन्धन नमानी अलग्गै उम्मेदवारी दिएको छ । नेकपा एसले देवदहकाे प्रमुखमा छविलाल भट्टराई र उपप्रमुखमा सरस्वती पोखरेललाई उम्मेदवार बनाएको छ । अन्यमा तयारी भइरहेकाे उसले जनाएको छ ।

कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणका अनुसार कांग्रेसले १६ वटा स्थानीय तहमध्ये १५ वटाकाे प्रमुख पदमा उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डे, तिलोत्तमा नगपालिकामा रामकृष्ण खाँण, देवदह नगरपालिकामा हीराबहादुर केसी, सैनामैना नगरपालिकामा फणिन्द्र शर्मालाई सिफारिस गरेको छ । उनीहरुमध्ये हीराबहादुर देवदहका बहालवाला प्रमुख हुन् ।

सैनामैना नगरपालिकासहित ५ पालिका प्रमुख मागेको माओवादी केन्द्र पनि गठबन्धनमा अलपत्र परेको छ । कांग्रेसले ओमसतियाबाहेक अन्त माओवादीलाई नेतृत्व दिन नचाहेपछि ऊ अलपत्र परेको हो । सैनामैनामा मेयरको प्रचार गरेका नेता नारायण महत कांग्रेस नेता फणिन्द्र शर्मा मेयर र उनी उपमेयरमा लड्ने गरी सहमति गरेका छन् । माओवादीले ओमसतिया गाउँपालिकामा मात्रै प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...