विराटगरको मेयरमा एमालेबाट सागर र उपमेयरमा शिल्पा



हाम्रो इकोनोमि

 

 

महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्षसमेत रहेकी कार्कीको नाममा सहमति भएको बताए ।

एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो ।

विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ । पाँच दलीय गठबन्धनले विराटनगरको मेयर कांग्रेसको र उपमेयरमा जनता समाजवादी पार्टीको भागमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...