भरतपुर महानगरमा रेणु दाहालविरूद्ध कांग्रेसका पूर्वसांसद पौडेलले बागी हाले



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनको सहमपति विपरित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन्। उनले पार्टी कार्यालयमा कार्यक्रम गरी मेयर पदका लागि उम्मेदवार घोषणा गरेका हुन् ।

पौडेलको घोषणासँगै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाललाई सकस पर्ने निश्चित भएको छ । भरतपुर महानगरपालिका–७ का पौडेल भरतपुरको पूर्व उपमेयरसमेत हुन् । बालकुमारी क्याम्पस सञ्चालक समितिको अध्यक्षसमेत रहेका पौडेल चितवन कांग्रेसका लोकप्रिय नेता मानिन्छन् ।

उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, मिना खरेल र शम्भु अर्याललगायतको बलियो साथ रहेको छ । कांग्रेसको माथिको निर्देशनविपरित उक्त उम्मेदवारी घोषणा भएको हो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...