को हुन काठमाडौ महानगरमा एमालेले उपमेयर उम्मेद्वार बनाएको सुनिता डंगोल ?



हाम्रो इकोनोमि

 

 

देशको सर्वाधिक चासो रहेको संघीय राजधानी काठमाडौको मेयरमा सधैं चर्चामा रहेका केशव स्थापितलाई एमालेले उम्मेद्वार बनायो । यसमा अधिकांसको सकारात्मक प्रतिक्रिया देखिएको छ । तर उपमेयरकी उम्मेद्वार सुनिता डंगोलको नाम कमैले मात्र सुनेका थिए । डंगोलको नाम उपमेयरमा आएपछि धेरैले को हुन् भनेर जिज्ञासा राखेका छन् । डंगोलको संक्षिप्त परिचय हामीले हामीले यसरी प्रष्तुत गरेका छौं ।

सन् २०११ मा मिस नेवाको ताज पहिरिएकी डंगोल बहुमुखी प्रतिभा भएकी एक जुझारु युवा हुनुहुन्छ । नेपाल र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी अभियन्ता पनि हुनुहुन्छ । सुनिता लिपी क्वीनको उपनामले पनि चिनिनुहुन्छ । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम चलाउने उनी क्याली जात्रामार्फत विश्वभर भर्चुअल रुपमा लिपी सिकाउँदै त्यसको सम्वर्द्धन गर्दै आउनुभएको छ ।

जापान, कोरिया, जर्मनलगायत एक दर्जन बढी देशहरुको भ्रमण गरेकी उनले काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषण गरेकी थियो । केही समय अघि आफूसँग काठमाडौँ शहरको विकासको योजना रहेको भन्दै उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी सुनिताले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्जमा सम्वर्द्धन गर्दै आउनुभएको छ । डाइनामिक लिडरका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मान्ने सुनिता अन्ततः एमालेबाट काठमाडौँको उपमेयरको उम्मेदवार बन्नुभयो ।

आफूले मेयरको उम्मेद्वार घोषणा गर्दा सुनिताले घोषणापत्र समेत सार्वजनिक गरेकी गर्नुभएको थियो । विदेशमा देखेका र भएका प्रविधिहरुलाई विकासका लागि प्रयोग गर्नुपर्ने धारणा समेटिएको उहाँको घोषणापत्रमा फोहरलाई मोहरमा बदल्ने कुरादेखि संस्कृति संरक्षणका कुराहरु उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...