कांग्रेसका क्षेत्रीय सचिव र वडाध्यक्षसहित २५० जना नेता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

कपिलवस्तुमा काँग्रेसका क्षेत्रीय सचिव र वडा अध्यक्ष, वडा सदस्यसहित २५० जना नेकपा एमालेमा प्रबेश गरेकाछन् । नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली युवा नेता एमाले प्रवेश गरेसँगै बुद्धभूमि र महाराजगञ्ज नगरपालिकामा हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई सकस हुने देखिएको छ ।

नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं. २ का सचिव गंगेशनाथ तिवारी, महाराजगञ्ज नगरपालिका वडा न.ं ११ का वडाध्यक्ष जगदिश तिवारी , वडा सदस्य रामपति यादव , वनसपति कोरी लगायत २५० जना नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । युवा नेता गंगेशनाथ तिवारीको महाराजगञ्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नं. ६,७ र ८ मा समेत प्रभाव रहेको छ । आजीवन राजनीति गर्दै आएका तिवारी परिवारको एमालेमा इन्ट्रीलाई लिएर नेपाली काँग्रेसमा समेत चर्चाको विषय बनेको छ ।

काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र समेत रहेका गंगेशनाथ तिवारी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टी प्रवेश गराउन एमाले नेता तथा संघीय सांसद वृजेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, महाराजगञ्जका एमाले नेता रामदास चौधरी महाराजगञ्ज निर्वाचन सम्पर्क कार्यालयमा पुग्नु भएको थियो ।

प्रवेश कार्यक्रममा बोल्दै नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो । नेता गुप्ताले एमालेप्रति मधेशमा जनलहर बढेको बताउँदै कपिलवस्तुमा एमालेले सबैभन्दा धेरै सिट जित्ने दाबी गर्नु भयो ।

कार्यक्रममा बोल्दै एमाले प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले कपिलवस्तुमा एमाले पहिलो पार्टी हुने दाबी गर्नु भयो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, एमाले महाराजगञ्ज अध्यक्ष निजामुद्धीन खान, युवा नेता रामदास चौधरीले जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो । यस अघि संघीय सांसद वृजेश कुमार गुप्ता आफ्ना १० हजार कार्यकर्ताका साथ एमाले प्रवेश गर्नु भएको थियो ।

गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ का वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको थियो ।

त्यस्तै जिल्लाको वहादुरगञ्जबाट जसपाका प्रभावशाली नेता मंगल गुप्ता र कृष्णनगरका नेपाली कांग्रेसका नेता कुनाल शाहसहित हजारौं कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् । एमालेप्रति जनताको विश्वासले गर्दा कपिलवस्तु एमालेको लालकिल्ला भएको जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...