प्रचण्ड र देउवाको गोप्य षड्यन्त्र माधव नेपालको कानमा



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनका दलहरू नेकपा एमालेलाई पूरै बढार्ने उद्देश्यका साथ चुनावी तालमेलको अन्तिम कसरतमा छन् । गाउँपालिका र नगरहरूमा त्यहाँको वस्तुस्थिति हेरी जिल्ला या प्रदेश तहबाटै तालमेल तथा उम्मेदवारसम्बन्धी टुङ्गो लगाउने सहमति बनेको भए पनि महानगर तथा उपमहानगरसम्बन्धी निर्णय भने सर्वोच्च तहबाट नै गरिँदैछ । सत्ता गठबन्धनका दलहरूबीचको निरन्तर बैठक र छलफलपश्चात देशको ६ वटा महानगरहरूमध्ये तीन काङ्ग्रेसले तथा एक-एक वटा जसपा, माओवादी र समाजवादीले पाउने सहमति बनेको थियो । सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगर काङ्ग्रेसले, वीरगञ्ज जसपाले, भरतपुर माओवादीले र पोखरा समाजवादीले पाउनुपर्ने भन्ने थियो । तर पोखरामा समाजवादीको उम्मेदवारलाई विजयी गराउन नसकिने दाबी रामचन्द्र पौडेलले गरेपछि सोमबार गठबन्धन बैठक निकै तनावग्रस्त बनेको थियो । पोखराबाहेक अन्य महानगरमा समाजवादीले दाबी गर्न पाउने अवस्था नरहेको र, त्यही एउटा महानगरसमेत आफूले नपाउने स्थिति बनाउन खोजिएपछि समाजवादीका नेता बैठकमा निकै कड्किएका थिए । पोखरा महानगर सम्बन्धमा टुङ्गो लागेको भए गत सोमबार नै महानगर भागबण्डाको अन्तिम निर्णय सार्वजनिक भइसक्ने थियो ।

सत्ता गठबन्धनभित्रै तीन दलको विशेष गठबन्धन बनाउन प्रचण्डले गरेको प्रयास माधव नेपालका कारण सफल हुन सकिरहेको छैन । काङ्ग्रेसलाई छोडेर कसैसँग बेग्लै गठबन्धन बनाउने पक्षमा माधव नेपाल छैनन् । प्रचण्डबाट बारम्बार आग्रह हुँदा पनि सत्ता गठबन्धनभित्र बेग्लै गठबन्धन बनाउन माधव नेपाल नमानेपछि माओवादी र जसपा आपसमा मिलेर अगाडि जाने तयारीमा छन् । सत्तापक्षका सबैसँग चुनावी तालमेल हुन नसकेका ठाउँहरूमा पनि जसपा र माओवादी चुनावी मैदानमा एकसाथ उत्रने भएका छन् । ज्ञातव्य छ, जसपाका प्रमुख नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई माओवादीको हिंसात्मक सङ्घर्षका नाइके हुन् । पछिल्लो समयमा प्रचण्डसँग उनीहरू निकै नै निकट हुन पुगेका छन् ।

सत्तापक्षीय गठबन्धनका दलहरू एमाले र त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सेखी झार्ने नियतका साथ चुनावी तोलमेल गर्न अग्रसर बनेका भए पनि प्रचण्ड र शेरबहादुर देउवाको अतिरिक्त इच्छा नै चुनावी तालमेल गर्नुको मूख्य कारण भएको महसूस सम्बद्ध दलका नेताहरूले गर्न थालेका छन् । प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट पुनः निर्वाचित भइ आउन काङ्ग्रेसको साथ चाहन्छन् र, त्यसनिम्ति भरतपुर महानगर आफ्नी छोरी रेणुका निम्ति सूरक्षित राख्नुपर्ने बाध्यतामा प्रचण्ड छन् । भरतपुर महानगर आफ्नो हातबाट गयो भने संसदीय निर्वाचनमा आफू विजयी बन्न नसक्ने बुझाइ प्रचण्डको छ । त्यस्तै, कैलालीबाट आफ्नी श्रीमती आरजु र डडेलधुराबाट आफैं विजयी बन्न पनि कम्युनिष्टको साथ आवश्यक पर्ने ठहर शेरबहादुर देउवाको छ । डडेलधुरामा एक्लै लडेर विजयी बन्न सक्ने स्थितिमा देउवा अहिले छैनन् । उनकी पत्नी आरजुलाई संसद्मा भित्र्याउन पनि कम्युनिष्टकै साथ रहनुपर्ने अवस्था छ । त्यसैले प्रचण्डलाई भरतपुर महानगर तथा माधव नेपाललाई पोखरा महानगर छोडेर देउवाले उनीहरूलाई खुशी तुल्याउन खोजेका हुन् ।

देउवा र प्रचण्डको चिन्ता स्थानीय भन्दा पनि संसदीय निर्वाचनको छ र, अहिले राम्रोसँग चुनावी तालमेल हुन सक्यो भने संसदीय निर्वाचनमा त्यसको लाभ लिन सकिने विश्वासमा प्रचण्ड र देउवा रहेका छन् । त्यसैले कार्यकर्ता पङ्क्तिबाट जतिसुकै विरोध भए पनि उनीहरू तालमेल गरिछाड्न कस्सिएका हुन् । त्यसो त रामचन्द्र पौडेल र माधव नेपालका पनि बेग्लै पीडा छन् । पौडेल र नेपाल चुनावी तालमेल नहुने हो भने आगामी संसदीय निर्वाचन परिणामले उनीहरूलाई संसद्बाहिर पारिदिने निश्चित छ । रामचन्द्र पौडेल गत निर्वाचनमा पनि पराजित भएका थिए र, आउँदो निर्वाचनमा गठबन्धन कायम रहे पनि पौडेलको विजय असम्भव मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...